
काठमाडौं । साउदी अरेविया र क्यानडाबीच कुटनीतिक तनाब बढिरहेको बेला साउदी अरेबियाले टोरोन्टोसँगको सम्पूर्ण हवाई उडान स्थगित गरेको छ ।
क्यानडाले साउदी अरबमा पक्राउ परेका नागरिक अगुवा र महिला अधिकारकर्मीको रिहाइको माग गरेपछि साउदीले पछिल्लो निर्णय गरेको हो ।
आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै क्यानडासँग सबै किसिमका व्यापार र लगानीसम्बन्धी कारोबार रोक्का गर्नुका साथै क्यानडाका राजदूतलाई देश निकाला गरिसकेको छ ।
साउदी अरेबियामा विभिन्न मानवअधिकारकर्मी पक्राउ परेकामा क्यानडाले गम्भीर चिन्ता व्यक्त गरेपछि दुई मुलुकको सम्बन्ध चिसिएको हो ।
पक्राउ पर्नेमा जेलमा रहेका ब्लगर राइफ बादवीकी बहिनी साउदी मुलका अमेरिकी महिला अधिकारकर्मी समार बादवी पनि छन् ।
बादवीले साउदी अरेबियामा राजकुमारहरूको दबदबा अन्त्य हुनुपर्ने माग गरेकी थिइन् ।
क्यानडाले विश्वभर मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको सहितको मानव अधिकारको पक्षमा वकालत जारी राख्ने जनाएको छ ।
साउदी अरेबिया र क्यानडाबीच वार्षिक ३ विलियन डलर बराबरको कारोबार छ ।
यस्तै क्यानडामा प्रत्येक वर्ष ५ हजार साउदी विद्यार्थी अध्ययनका लागि जाने गरेको तथ्यांक छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्