काठमाडौं, फागुन २ । सनराइज बैंकले क्युएफएक्स सिनेमासँग सहकार्य गरेर ‘सनराइज पपकन मानिया’ योजना सञ्चालनमा ल्याएको छ ।
बैंकले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी आफ्नो नयाँ योजना सार्वजनिक गरेको हो ।
बैंकले शुक्रबारबाट सुरु गरेको यस योजना अवधिभर नेपालभरिका क्युएफएक्स सिनेमाघरमा कुनैपनि चलचित्रको टिकट खरिदमा प्रतिटिकट एउटा पपकन निःशुल्क प्राप्त गर्ने बैंकले जनाएको छ ।
जसका लागि ग्राहकले टिकट खरिदबापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित ‘पीओएस’ टर्मिनलमार्फत् भुक्तानी गर्नुपर्नेछ ।
यो योजना तीन महिनासम्म सञ्चालन हुने बैंकले जनाएको छ ।
बैंकले आफ्ना ग्राहकलाई मध्यनजर गर्दै विभिन्न नयाँ योजना सार्वजनिक गर्ने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्