Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


‘निजी क्षेत्रलाई प्रोत्साहन नगरे सरकारले सोचेको आर्थिक क्रान्ति सपनामात्रै’


0
Shares

धादिङ, फागुन २ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले निजी क्षेत्रलाई प्रोत्साहन नगरे सरकारले सोचेको आर्थिक क्रान्ति सपनामात्रै हुने बताएका छन् ।

धादिङवेसीमा शुक्रबारदेखि सुरु भएको सातौं धादिङ महोत्सवको उद्घाटन गर्दै दाहालले निजी क्षेत्रलाई सुविधा दिने कुरामा ऐन, कानुनहरु धेरै बाझिएकाले उनीहरुलाई सहयोग पुग्ने गरी राज्य उदार नहुने हो भने सरकारको विकास, समृद्धि र आर्थिक क्रान्तिको अभियान सपनाजस्तै हुने बताए ।

उनले त्रिशूली र मर्स्याङ्दीमा बन्न लागेको नयाँ करिडोर चीन र भारत जोड्ने रसुवागढी–ठोरी सडकले धादिङको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत र पर्यटन विकासको पूर्वाधार’ भन्ने मूल नाराको साथ आयोजना गरिएको महोत्सव फागुन १२ गतेसम्म चल्नेछ ।