काठमाडौं, फागुन १ । बिहीबार सुन–चाँदीको भाउ पुनः उकालो लाग्यो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३ सयले उकालो लागेर ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन २ सयले ओरालो लागेर ७५ हजार ७ सयमा कारोबार भएको थियो ।
यसदिन चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर ८ सय ८० मा कारोबार भएको महासंघले जनाएको छ ।
बिहीबार साँझसम्म अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंन्स १५ सय ७७ डलर हाराहारीमा कारोबार भैरहेको थियो ।





प्रतिक्रिया दिनुहोस्