१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


कलाकार नआएपछि महोत्सव स्थल तोडफोड र आगजनीको छानबिन गर्न समिति गठन

गाउँपालिका दोषी रहेको प्रहरीको ठहर

1.807k
Shares

काठमाडौं, माघ ५ । बर्जु घटनामा भएको तोडफोड र आगजनीको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ ।

मंगलबार महोत्सवका क्रममा घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ । समितिले आजैबाट काम थालेको छ । सुनसरी प्रशासनले पत्रकार सम्मेलनको आयोजना गरी उक्त घटनामा बर्जु गाउँपालिका दोषी रहेको बताएको छ ।

महोत्सव आयोजकका रुपमा रहेको गाउँपालिकाले प्रशासनको निर्देशन अटेर गर्दा दुर्घटना भएको निष्र्कष निकालेको छ । पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले प्रशासनको परिपत्र र निर्देशन अटेर गरी गाउँपालिकाले आफुखुशी महोत्सव संचालनमा ल्याएको बताउनुभयो ।

यादवले ठूलो हताहतिबाट जोगाउन आक्रोशित भीडमाथि बल प्रयोग गर्न नसकिएको जिकिर गर्नुभयो । प्रहरी प्रशासनले संयमता अपनाउदा मानविय क्षति हुन नपाएको उहाँको भनाइ छ ।

महोत्सवमा बोलाइएका भोजपुरी कलाकार नआएपछि महँगो शुल्क तिरेर टिकट काटेका दर्शकले तोडफोड र आगजनी गरेका थिए ।