
मनिष गुप्ता (इमेज)
कपिलवस्तु, असार १ । इलाका वन कार्यालय जवाबैराठ, कपिलवस्तुका सहायक वन अधिकृत ब्रम्हदेव महतोलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा डेरामा बस्दै आएका महतोलाई अख्तियार टोलीले उनकै डेराबाट तीन लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस रकम लिएको सूचनाका आधारमा महतोको डेरामा अख्तियारले छापा मार्दा रकमसहित महतोलाई फेलापारेको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।
गोलिया निकासी र काठ कटानी अनुमतिका लागि उनले सेवाग्राहीबाट सो रकम घुस लिएको र थप अनुसन्धान जारी रहेको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्