१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


विराट एक्स्पोको तयारी पूरा


0
Shares

विराटनगर, माघ २९ । कृषि र औद्योगिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले आगामी फागुन २ गतेदेखि १० गतेसम्म हुने ‘विराट एक्स्पो २०७६’ (कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी)को तयारी पूरा भएको छ ।

आयोजक संस्था उद्योग संगठन मोरङले बुधबार पत्रकार सम्मेलन गरी विराटनगरमा हुने कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

‘आर्थिक विकासको मूल आधार, उद्योग, पर्यटन, कृषि र व्यापार’ भन्ने मूल नाराका साथ सञ्चालन हुने एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने पुलको काम गर्ने तथा औद्योगिक उत्पादन, प्रविधि प्रवर्द्धन र कृषिको व्यावसायिक उत्पादनमा जोड दिने विराट एक्स्पो २०७६ का संयोजक भोलेश्वर दुलालले जानकारी दिए ।

एक्स्पोमा जुम्लाको स्याउ, मार्सी चामल, हिमाली उत्पादन पोखराको पाँउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, सुपारीको टपरी, इलामको ललिपप, तेह्रथुम र संखुवासभाको अलो, किवी, आदि एक्स्पोको मुख्य आकर्षण रहने जनाइएको छ ।