३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


दीपशिखाले जित्यो इन्टर स्कुल फुटसलको उपाधि


0
Shares

काठमाडौं, माघ २९ । पहिलो इन्टर स्कुल फुटसल प्रतियोगिताको उपाधि दीपशिखा सेकेन्डरी स्कुलले जितेको छ ।

कुमारी फुटसलमा भएको फाइनल खेलमा होली गार्डेन ‘ए’लाई पराजित गर्दै दीपशिखाले उपाधि जितेको हो । दीपशिखा ३–२ ले विजयी भयो ।

विजेतालाई इमेज ग्रुप अफ कम्पनीज्का महाप्रबन्धक रघुवरभक्त मानन्धरले ट्रफी तथा प्रमाणपत्र वितरण गरे ।

सेन्ट्रल रिजन एकेडेमिया एक्टिभिटिज फोरमले आयोजना गरेको प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो ।