३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


ललितपुर महानगरका अग्रपंक्तिमा खटिनेलाई आजदेखि बुस्टर डोज खोप


143
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि अग्रपंक्तिमा खटिनेहरुका लागि कोरोना खोपको बुस्टर डोज लगाउने भएको छ । विभिन्न ८ स्थानबाट बुस्टर खोप दिन लागिएको हो ।

सर्वाङ्ग अस्पताल कुपण्डोल, स्टार अस्पताल सानेपा, सुमेरु सिटी अस्पताल पुल्चोक, अल्का अस्पताल खरिबोट, निदान अस्पताल पुल्चोक, बीएण्डबी अस्पताल ग्वार्को, मेडिसिटी अस्पताल नख्खु र सुमेरु अस्पताल धापाखेलबाट बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।

आजदेखि माघ ६ गतेसम्म सञ्चालन हुने अभियानमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव–वाहन चालक, महिला स्वयंसेवक लगायतलाई बुस्टर डोज खोप दिइने व्यवस्था गरिएको महानगरपालिकाले जनाएको छ ।

त्यस्तै, सरकारी तथा सामुदायिक संघसंस्थामा काम गर्ने कर्मचारी, बैंकिङ्ग सेवाका कर्मचारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारी, पत्रकार, सार्वजनिक यातायात चालक तथा सहचालक लगायतलाई पनि बुस्टर डोज खोप दिइने महानगरपालिकाले जनाएको छ ।

बुस्टर डोज लगाउन कोरोना विरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्नेछ ।