Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


पशुपति धर्मशाला सञ्चालनका लागि बताससँग गरिएको सम्झौता खारेज गर्न सिफारिस


2.6k
Shares

काठमाडौं । बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।

पशुपति धर्मशाला लिजमा दिने सम्झौता अधिकार प्राप्त निकायको स्वीकृति विना गरिएको, बोलपत्रमा मापदण्ड निर्धारणमा मिलेमतो लगायत समेटर प्रतिवेदन बुझाउँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयबाट गठन भएको छानविन समितिले बताससँगको सम्झौता खारेज गर्न सिफारिस गरेको हो ।

नेपाल–भारत मैत्री पशुपति धर्मशाला कोषबाट भाडामा लगाउँदा गरेको सम्झौता नियम र प्रचलित कानुन बमोजिम भए–नभएको सम्बन्धमा विस्तृत अध्ययन गर्न गत पुस २३ गते छानविन समिति गठन गरिएको थियो ।