स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई « Imagekhabar – Online News Portal of Nepal
१२ आश्विन २०७९, बुधबार | Wed Sep 28 2022


स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडलाई


520
Shares

काठमाडौं । यस वर्षको स्पेनिस सुपर कप फुटबलको उपाधि रियल मड्रिडले जितेको छ ।

साउदी अरबियाको रियादमा गएराति भएको फाइनल खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले हराउँदै रियलले उपाधि जितेको हो ।

खेलमा रियललाई विजयी गराउन करिम बेन्जमा र लुका मोड्रिचले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा भेट्रान मिडफिल्डर लुका मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाए । त्यसपछि ५२ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई च्याम्पियन बनाए ।

खेलको ८७ औं मिनेटमा इडर मिलिसाओले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो । राहुल गार्सियाको प्रहार क्रसबारमा लाग्दै गोललाईन पार गर्न लाग्दा इडर मिलिसाओ ह्यान्ड गर्न पुगेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो । त्यसमै प्राप्त पेनाल्टीमा राहुल गार्सियाको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाएका थिए ।

जितसँगै रियाल मड्रिडले १२ औं पटक स्पेनिस सुपर कपको उपाधि जितेको हो । अब रियाल चिर प्रतिद्वन्द्वी बार्सिलोनाको १३ वटा उपाधिभन्दा एक उपाधि मात्रै टाढा छ ।