Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


पानोरमा रिसोर्टमाथि तीन महिनाको प्रतिबन्ध


0
Shares

काठमाडौं, माघ २८ । सरकारले मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टलाई तीन महिनासम्म काम गर्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज विज्ञप्ति जारी गरी सो रिसोर्टलाई तीन महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको हो ।

माघको दोस्रो साता रिसोर्टमा बसेका ८ जना भारतीय पर्यटक मृत अवस्थामा भेटिएका थिए ।

मन्त्रालयले विज्ञप्तिमा रिसोर्ट सन्चालनमा सुरक्षा र व्यवस्थापन पक्ष कमजोरी देखिएको पनि जनाएको छ ।