Logo २३ असार २०८३, मंगलबार | Tue Jul 7 2026


सुनको भाउ सामान्यदरले उकालो लाग्यो


0
Shares

काठमाडौं, साउन २१ । पछिल्ला दिन स्थीरजसो रहेको सुनको भाउ सोमबार उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य गत बिहीबारदेखि तोलाको ५६ हजार रुपैयाँमा स्थीर रहेको थियो ।

चाँदीको भाउ भने यसदिन पनि तोलाको ७३५ रुपैयाँमा स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १२ सय २१ डलर हाराहारीमा कारोबार भएको थियो ।