Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


साझा प्रकाशनलाई सहयोगको अपेक्षा नराख्नु : मन्त्री श्रेष्ठ


611
Shares

काठमाडौं, पुस ३० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले साझा प्रकाशनलाई अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न चेतावनी दिनु भएको छ ।

आफ्नै छापाखाना, देशभर फैलिएको बिक्रीकक्ष, अनुभवी कर्मचारी हुँदाहुँदै पनि साझा प्रकाशन कमजोर हुँदै गएकोमा आपत्ति जनाउँदै मन्त्री श्रेष्ठले अन्य निकायबाट सहयोग पाउने अपेक्षा नराख्न त्यसको सञ्चालक समितिलाई चेतावनी दिनु भएको हो ।

शुक्रबार ललितपुरको पुल्चोकस्थित साझा प्रकाशनको भवनमा आयोजित साधारण सभामा बोल्दै उहाँले साझा प्रकाशनलाई सफलतातर्फ डोहो¥याउन सकिने तर त्यसका लागि त्यहाँको सञ्चालक समिति र कर्मचारी इमान्दार तथा मेहनती हुनुपर्ने स्पष्ट पार्नुभयो । मन्त्री श्रेष्ठले साझा प्रकाशनजस्तो गौरवशाली इतिहास भएको साहित्यिक संस्थालाई अघि बढाउन सञ्चालन समितिमा रहेकाहरु आर्थिक रुपले अनुशासित हुनेपर्ने पनि औंल्याउनु भयो ।

मन्त्री श्रेष्ठले साझा प्रकाशन कमजोर हुनुको कारणबारे खोजी गरेर मात्रै त्यसको सफलताका लागि अघि बढने सकिने धारणा पनि राख्नुभयो । उहाँले आफू साझा प्रकाशनको उन्नतिका लागि आवश्यक साथ र सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताउनुभयो ।