काठमाडौं, साउन २१ । सोमबार सेयरबजार स्थीरजसो रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से नगन्य अंकले रातो रहेर ११ सय ८९.६७ कायम भएर थामियो ।
यसदिन कारोबार भएकामध्ये आधाभन्दा बढी समूह रातो रहेसँगै नेप्से पनि रातो रहेको हो ।
जीवनबिमा, होटल, विकास बैंक, अन्य, निर्जीबन बिमा र उत्पादनमूलक समूह ऋणात्मक रहेका हुन् ।
जीवनबिमा समूह दोहोरो अंकले ओरालो लागे पनि अरु समूह सामान्य अंकले ऋणात्मक रहेका हुन् ।
लघुवित्त, व्यापार, वाणिज्य बैंक, वित्त अनि जलविद्युत् समूह सामान्य अंकले हरियो रहे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १४८ कम्पनीका ७ लाख ९६ हजार कित्ता सेयर जम्मा १९ करोड १८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्