२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


२२ मध्ये १० वटा राष्ट्रिय गौरवको आयोजनाको ८० प्रतिशत काम सकियो


0
Shares

काठमाडौं । नेपालको आर्थिक विकासको मेरुदढण्डको रुपमा अघि सारिएका राष्ट्रिय गौरवका २२ मध्ये १० वटा आयोजनाको मात्रै ८० प्रतिशत बढि काम सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोगले प्रकाशन गरेको आर्थिक वर्ष २०७६/७७ को चौमासीक अवधिको तथ्याकं अनुसार अधिकाश आयोजनाको ५० प्रतिशत बढि काम सम्पन्न भएको छ ।

आयोगको तथ्याकं अनुसार १० वटाको मात्रै ८० प्रतिशत बढि काम सकिएको हो । ३ वटा आयोजनाको भने कुनै पनि प्रगती देखिएको छैन ।

राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये लुम्बिनी विकास कोष र पोखरा अन्तराष्ट्रिय विमानस्थल आयोजनाको शतप्रतिशत काम सम्पन्न भएको जनाइएको छ ।

यस्तै उत्तर दक्षिण(कालीगण्डकी कोरिडोर)को ९८ प्रतिशत, हुलाकी लोकमार्गको ९४ प्रतिशत र मेलम्ची खानेपानी आयोजनाका ९५.१२ प्रतिशत प्रगति भएको आयोगले जनाएको छ ।

यस्तै, पुष्पलाल मध्यपहाडी लोकमार्गको ९१ प््रातिशत, राष्ट्रपत्ति चुरे भावर प्रदेशको ८९.३७ प्रतिशत, सिक्टा सिँचाई आयोजनाको ८०.१६ प्रतिशत, बबई सिँचाई आयोजना ८० प्रतिशत काम भएको जनाइएको छ ।

यसैगरी, रानीजमरा कुलरिया सिँचाई आयोजनाको काम ८९.२९ प्रतिशत सम्पन्न भएको छ ।

यस्तै, पशुपत्ति क्षेत्र विकास कोषको काम ४५ प्रतिशत तथा निजगढ अन्तराष्ट्रिय विमानस्थलको १६ प्रतिशत काम मात्रै सम्पन्न भएको पनि आयोगले जनाएको छ ।