१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


नेपालबाट जापानको नारिता उडान फागुन १९ गतेदेखि


0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले फागुन १९ गते देखि जापानको नारितामा हप्ताको तीन दिन सिधा उडान शुरु गर्ने भएको छ ।

एयरबस वाइड्वडीबाट गरिने सिधा उडान सोमबार, बुधबार र शुक्रवार हुने निगमले जनाएको छ ।

बिहान १ बजेर २५  मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गरिने सो विमान सोही दिन अपरान्ह् ६ बजेर २५ मिनेटमा काठमाडौंमा अवतरण गर्ने कार्यतालिका निगमले बनाएको छ ।

हालका लागि प्रवद्र्धनात्मक भाडाडर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु.३७ हजार र दुईतर्फी भाडा रु.७३ हजार निर्धारण गरिएको निगमले जनाएको छ ।