काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)ले संघको भवन रहेको ललिता निवास परिसरको जग्गा खरिदमा आफु पीडित भएको जनाएको छ ।
बालुवाटार स्थित गैर आवासीय नेपाली संघको भवन रहेको जग्गाको स्वामित्वबारे आफ्नो धारणा सार्वजनिक गर्दै संघले यसमा आफू पिडक नभै पीडित भएको जनाएको हो ।
संघले २०७२ जेठ १४ गतेका दिन १२ करोड ७२ लाख रुपैयाँ वैधानिक रुपमा बैंक मार्फत भुक्तानी गरेर बालुवटारको ३ रोपनि जग्गा किनेको जनाएको छ ।
संघले सोमबार विज्ञप्ती जारी गर्दै बालुवाटार स्थित जग्गा सरकारी रहेछ र त्यसलाई कसैले नियम कानुन विपरित व्यक्तिगत बनाएको हो भने त्यस्तो गर्ने व्यक्ति र तिनका मतियारमाथी काराबाही हुनुपर्ने स्पष्ट पारेको छ ।
तर जग्गा सरकारी प्रक्रिया पुरा गरी संघलाई विक्री गरेको पाइएमा संघ ठगीमा परेको पीडित पक्ष भएको प्रष्ट हुने उसको तर्क छ ।
आफुहरु पिडित हुन सक्ने तर ठगी गर्ने पिडक कदापी नरहेको दाबी गर्दै आफ्नो संपत्तिको रक्षा र आपूmहरु ठगिएका भए पिडकको तर्फबाट क्षतिपूर्ति दिलाउन राज्यले सहयोग गर्ने आशा र विश्वास संघले व्यक्त गरेको छ ।





प्रतिक्रिया दिनुहोस्