काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङ्गले सार्वजनिक खरिद नियमावली नवौँ संशोधन आइसकेपछि कुनै पनि आयोजनाहरु शुन्यमा बस्न नसक्ने बताउनु भएको छ ।
सोमबार सडक बोर्ड नेपालले आयोजना गरेको रणनीतिक सडक मर्मत संभार सम्बन्धी बार्षिक समिक्षा एवंम प्रगति गोष्ठिलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गोष्ठीमा सहभागी, सडक विभाग, सडक बोर्ड नेपाल, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय र विभिन्न डिभिजन प्रमुखहरुलाई लक्षित गर्दै मन्त्री नेम्बाङ्गले भने, ‘सार्वजनिक खरिद नियमावली नवौँ संशोधनले साथीहरुलाई निक्कै गम्भीर बनाएको हुनसक्छ । हुनुपर्दछ भन्ने अनुमान गर्छु । हामीले कामका सबै क्षेत्रलाई हेर्नु पर्दछ । सार्वजनिक खरिद प्रक्रियालाई पछ्याउनै पर्छ ।’
राज्यले कानुन बनाएरै निर्माण व्यवसायीहरुलाई मौका दिएकाले अब कुनै पनि ठेक्काहरु म्याद थप नभएको अवस्था नहुने उनले बताए ।
मन्त्री नेम्बाङ्गले रणनीतिक सडकहरुको मर्मत संभार गर्ने कार्य सानो भएपनि त्यसको असर र प्रभाव व्यापक रहेको उल्लेख गर्नु भयो ।





प्रतिक्रिया दिनुहोस्