
डीबी विष्ट
बझाङ । सुदुरपश्चिम प्रदेशको बझाङबाट रोजगारीका लागि भारत जानेको संख्या बढ्दै गएको छ । अधिकांश गाउँका युवाहरु रोजगारीका लागि भारत जान थालेपछि गाँउमा मेलापर्म तथा अन्य कामका लागि पुरुषहरुको अभाव हुने अवस्था आउन थालेको छ । मंसिर यता मात्र ५ सयभन्दा बढी बझाङेली भारत गएका छन् ।
थलारा गाँउपालिका वडा नम्बर–९ का वडाध्यक्ष मोहनराज जैशीले रोजगारीकालागि जानेमा अधिकांश युवा युवती भएको बताउनुभयो । “मंसिर यता मात्र मात्रै ५ सय भन्दा बढी मानिसहरु यहाँबाट भारत गैसकेका छन । कुनै कुनै वडामा त एक जना पनि पुरुष भेटिदैन । कोही मर्दा लास उठाउने मान्छे सम्म गाउँमा छैनन् ” वडा अध्यक्ष जैशिले भन्नुभयो, “२५ ⁄ ३० जना त परिवार र केटाकेटी समेत लिएर भातर तर्फ हिडेका छन् । ”
“महाकाली यातायातको बसमा यात्रा गर्ने ८० प्रतिशत यात्रु भारत जाने नै हुन्छन् । कार्तिकदेखि नै भारत जानेको लर्काे लागेको हो ।” सुदुरपश्चिम यातायातको सिमखेत काउन्टरका सदस्य जीवन खड्का भन्नुहुन्छ, “यो बर्ष भारत जानेको संख्या गत बर्षको भन्दा दोव्बर छ ।” अधिकांश मानिसहरु श्रीमती र केटाकेटी सहित जाने गरेको उहाँले बताउनु भयो ।
बुढा आमाबुवालाई घरको जिम्मा लगाएर भारतको बैङलोर हिडेका दुर्गाथलीका शुसिल विष्टले गाउँमा काम नपाए पछि परिवार पाल्नका लागी श्रीमती र छोरा सहित भारत जान लागेको बताउनुभयो । “खेतीपातीमा उब्जनी छैन्, आमाबुवाको उपचार गर्नु छ , सबैको पेट पनि पाल्नै पर्यो ।” उहाँले भन्नुभयो “गाउँमा काम पाइदैन भारत नगएर के गर्नु ?
सरकारले घर बगाएकाहरुलाई मात्रै राहात तथा खाद्यान्नको ब्यवस्था गरेको छ, हामीहरुको सबै जग्गा जमिन केही बाँकी राखेको छै्रन । घरमा बसेर बगाएको बगर हेरेर चित्त बुझाउनु भन्दा छोरा छोरीलाई एक छाक खानाको जोहो गर्नका लागी भएपनि आफ्नो वडाका धेरै जस्तो स्थानीयहरु रोजगारीको खोजीमा भारत लागेको खप्तड छान्ना गाँउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मंगल बहादुर सुनारले बताउनुभयो ।
उनीहरु बनवासा र गौरीफन्टा नाका भएर भारततर्फ जाने गरेका हुन् । बाढी र पहिरोले घरबार लगेपछि खाद्यान्नको समस्या टार्नका लागि भारत जाने गरेको अधिकांशको भनाइ छ । जडिबुटीको कारोवार र यार्सागुम्बाको मुल्य घटेका कारण पनि भारत जानेको संख्या ह्वात्तै बढेको हो ।
प्रतिक्रिया दिनुहोस्