१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


नेपाली परम्परागत गहनालाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनुपर्छ : गृहमन्त्री खाँण


0
Shares

काठमाडौं, पुस २८ । गृहमन्त्री बालकृष्ण खाँणले नेपाली परम्परागत गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको छ ।

गृह मन्त्रालयमा बुधबार नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ तथा सुनचाँदी व्यापारी प्रतिनिधिहरुसँग छलफल गर्दै खाँणले परम्परागत तथा मौलिक गहनाहरुलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउनुपर्ने बताउनुभएको हो । नेपालले कच्चा सुन उत्पादन गर्न नसक्दा आयात गर्नु परेको भएपनि मौलिक गहना निर्माण गरी अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्ने उहाँको भनाइ छ ।

खाँणले नेपालमै गहना निर्माण गर्नसके रोजगारी बढ्ने बताउनुभयो उहाँले उद्योगी, व्यवसायीहरुको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै गृह मन्त्रालय मातहतका निकायहरुले उद्योगी, व्यवसायीहरुको सुरक्षामा काम गर्ने बताउनुभयो ।