Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


पुस मसान्तभित्र आयकर बुझाउन सरकारको ताकेता


221
Shares

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको पहिलो किस्ता वापतको आयकर पुस मसान्तभित्र दाखिला गर्न ताकेता गरेको छ । आन्तरिक राजश्व विभागले आर्थिक वर्ष ०७८/०७९ को आयकरको पहिलो किस्ता वापतको कर तथा विवरण यही महिनाको मसान्तसम्म बुझाउन ताकेता गर्दै सूचना जारी गरेको हो ।

विभागले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयमा कर वापतको रकम दाखिला गर्न भनेको हो ।

आयकर ऐन, २०५८ को दफा ५४ को उपदफा (१) बमोजिम आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने कर दाताहरुले दफा ५५ बमोजिम कारोवारको अनुमानित करको विवरण र सो विवरण अनुसार तिर्नुपर्ने आयकरको पहिलो किस्ता पुस मसान्तभित्र बुझाउनु पर्दछ । जस अनुसार करीब ५८ अर्ब रुपैयाँ कर वापतको रकम सरकारी ढुकुटीमा जम्मा हुने अनुमान गरिएको छ ।