Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


मेवा खेतीमा रमाउँदै माननीय किसान, युवालाई प्रोत्साहन गर्न राजनीति र कृषि सँगसँगै (भिडियोसहित)


0
Shares

-प्रकाश लम्साल/ ईमेज 

बारा । बहुसंख्यक जनताको मुख्य पेशा कृषि भनिए पनि यसमा सम्भावनाभन्दा समस्या र चुनौती देख्नेहरु बढी छन् ।

तर तनहुँबाट निर्वाचित प्रतिनिनिधिसभा सदस्य किसान श्रेष्ठले भने किसानलाई उत्प्रेरित गराउने उद्देश्यले आफै कृषिकर्ममा लागेका छन् ।

प्रतिनिधिसभाको चुनावमा नेपाली काँग्रेसका रामचन्द्र पौडेललाई पराजित गरेर परिचित बनेका तनहुँका सांसद किसान श्रेष्ठ किसानलाई प्रेरित गर्न मेवाखेतीमा होमिएका छन् ।

कृषिबाट धेरै संभावना देखेका श्रेष्ठले बाराको सिमरामा क्लासिक एग्रिकल्चर एण्ड रिर्सच प्रालिको स्थापना गरीे मेवा खेतीमा लागेका हुन् ।

वार्षिक करीब १ अर्ब रुपैयाँ बराबरको मेवा भारतबाट आयात भइरहेकाले सिँचाइ सुविधा नपुगेका खेतहरुमा मेवा खेती गर्दा मनग्ये नाफा कमाइने उनको भनाइ छ ।

यसको खेती पुस र माघबाहेक अन्य जुनसुकै महिनामा जमिनको सतहभन्दा केही अग्ला गह्रा बनाई रोप्न सकिने र बोट हुर्केपछि ९ महिनामै फल लाग्ने गर्दछ ।

फल मात्र होइन यसको चोप र पात समेत बजारमा बिक्री हुने भएकाले यसको कारोबार राम्रो हुने निश्चित छ ।

रेड लेडी ७८६ ताइवान जातको बोट नेपाललगायतका १ सय ६० देशमा उत्पादन हुने  गरेको छ । ताइवानस्थित नोना युसिड कम्पनीका नेपाल प्रतिनिधि मानस मण्डल १२ कठ्ठामा लगाएको मेवा खेतीबाट वार्षिक १५ लाख रुपैयाँ नाफा हुने दाबी गर्छन् ।

एउटा बिरुबामा ५० देखि ७०  किलोसम्म मेवा उत्पादन हुने यसको माग धेरैतिर रहने गरेको छ । बलौटे माटो भएको र सिँचाइको समेत पहुँच नभएकाले बारामा हजारौँ हेक्टर जमिन बाँझो बनेर बसेको छ ।

त्यसको सदुपयोग गर्न किसानलाई प्रेरणा मिलोस् भनेर आफू मेवाखेतीमा लागेको सांसद किसान श्रेष्ठको भनाइ छ । सामान्य जमिनमा सजिलै गर्न सकिने मेवा खेतीबाट ठूलो आम्दानी लिन सकिने कुरा विज्ञहरुले पनि बताउँदै आएका छन् ।