९ भाद्र २०८२, सोमबार | Tue Aug 26 2025


भारतको छत्तीसगढमा १४ माओवादी विद्रोही मारिए


0
Shares

सुक्मा (छत्तीसगढ), साउन २१ । भारतको छत्तीसगढको सुक्मानजिक सोमबार सुरक्षा कारबाहीमा १४ जना नक्सलवादी माओवादी विद्रोही मारिएका छन् ।

सुरक्षाकर्मीले घटनास्थलबाट १६ थान हातहतियारसमेत बरामद गरेका छन् ।

सुक्माका प्रहरी अधिकृत अभिषेक मीनाकाअनुसार गस्तीमा रहेका प्रहरीमाथि आक्रमण भएपछि दोहोरो भिडन्त भएको थियो ।

प्रहरीले उक्त स्थानको वरपर थप लडाकू रहेको आशंकामा खोजतलासलाई तीव्र बनाएको छ ।

यही महिनाको सुरुमा छत्तीसगढमा विगत दुई वर्षको अन्तरालमा सुरक्षाकर्मीसँगको दोहोरो भिडन्तमा २४७ जना माओवादी लडाकू मारिएको विवरण माओवादीले नै सार्वजनिक गरेको पर्चामा उल्लेख रहेको प्रहरीले जनाएको छ ।

नक्सलविरोधी अभियानसम्बन्धी विशेष महानिर्देशक डीएम अवस्थीले अगस्ट २०१६ देखि जुलाई २०१८ को अवधिमा भएका ५०० भन्दा बढी झडपमा २०८ जना माओवादी लडाकूको शव प्रहरीले बरामद गरिएको बताए । रासस/एएनआई