नरेन्द्र मानन्धर र भूपेन्द्र खड्का (इमेज)
काठमाडौं, माघ २६ । नेपाल भ्रमण वर्ष मनाइरहँदा नागरिकस्तरबाट पनि पर्यटन प्रवर्द्धन अभियान चलाउन थालिएको छ ।
सरकारले पर्यटन प्रवर्द्धनका नाममा करोडौं खर्च गरेपनि बौद्ध धर्ममार्गीको महत्वपूर्ण गन्तव्य बन्नसक्ने ऐतिहासिक चारुमतीलगायतका महत्वपूर्ण विहारको प्रचार–प्रसार नभएपछि विभिन्न मुलुकका बौद्ध भिक्षु तथा गुरुहरुले अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सम्पन्न गरेका छन् ।
सरकारले पर्यटकीय गन्तव्य पहिचान तथा त्यसको प्रवर्द्धनका लागि करोडौं रुपैयाँ खर्च गरिरहेको छ । तर पनि नेपालका विभिन्न स्थानमा छरिएर रहेका महत्वपूर्ण पवित्र धार्मिकस्थलहरु ओझेलमा छन् ।
सरकारले नै उपेक्षा गरेपछि विभिन्न मुलुकका बौद्ध भिक्षु तथा गुरुहरुले अशोककालीन चारुमती विहारमा पहिलोपटक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सम्पन्न गरेका छन् ।
यसले बौद्धमार्गी पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण बन्ने उनीहरुको विश्वास छ ।
थेरबाद बौद्ध ग्रन्थ त्रिपिटक वाचनले नेपाल शान्त र सुरक्षित छ भन्ने सन्देशसहित बौद्ध सम्पदाको महिमा उजागरमा महत्वपूर्ण आयाम थपिने आयोजकको दाबी छ ।
चारुमती बुद्धिष्ट मिसन नेपाल र थाइ इन्डो चाइना फ्रेन्डसिप एसोसिएसनको संयुक्त आयोजनामा भएको त्रिपिटक वाचनले धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने समारोहका संयोजक भिक्षु तपस्वी धम्मको विश्वास छ ।
पुरातात्विक र ऐतिहासिक अशोककालीन चारुमती स्तुपलाई विश्वसम्पदामा सूचीकृत गराउनुपर्ने उनको भनाइ छ ।
साथै, नेपालका मौलिक संम्पदा र धार्मिक पहिचान संरक्षणका लागिसमेत यस्ता अभियानले महत्वपूर्ण योगदान पुग्ने उनको विश्वास छ ।
सम्राट अशोकका छोरी चारुमतीले निर्माण गरेको करिब २३ सय वर्ष पुरानो यो स्तुपलाई नेपाल, भारत र श्रीलंकाबीचको प्राचीन सम्बन्धको सेतुसमेत मानिन्छ ।





प्रतिक्रिया दिनुहोस्