Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


पृथ्वी जयन्तीको अवसरमा स्याङ्जाका ७ पालिकाले दिए आज सार्वजनिक बिदा


117
Shares

स्याङ्जा । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउनका लागि स्याङ्जाका ७ वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् ।

स्याङ्जाका गल्याङ नगरपालिका,चापकोट नगरपालिका, वालिङ नगरपालिका , आधिखोला गाउँपालिका,कालीगण्डकी गाउँपालिका, हरिनास गाउँपालिका,भिरकोट नगरपालिका लगायतले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि पृथ्वी जयन्तीको अवसरमा पालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पालिकाले एक सूचना जारी गर्दै पृथ्वी जयन्तीको अवसरमा गाउँपालिका भित्रका सवै सरकारी कार्यलय तथा संस्थाहरुलाई सार्वजनिक बिदा निर्णय गरेको गाउँपालिका अध्यक्ष खिम थापाले जानकारी दिएका छन् ।

स्याङ्जामा ५ नगरपालिका र ६ वटा गाउँपालिका गरी ११ वटा स्थानीय तह रहेका छन् ।

Skip This