पृथ्वीजयन्ती मनाउन कचनकवल र हल्दिबारीमा सार्वजनिक बिदा « Image Khabar


पृथ्वीजयन्ती मनाउन कचनकवल र हल्दिबारीमा सार्वजनिक बिदा


91
Shares

झापाः झापाका दुई स्थानीय तहले राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

कचनकवल र हल्दिबारी गाउँपालिकाले ‘राष्ट्रिय एकता दिवस’ भव्य रुपमा मनाउन भन्दै सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक बिदा दिएका हुन् ।

कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले हस्ताक्षर गरेको सूचनामा गाउँपालिका मातहत सञ्चालित सबै निकाय बन्द रहने जनाइएको छ । पृथ्वी जयन्तीको अवसर पारेर नेपालकै होचो भू भागका रुपमा परिचित कचनकवलमा पृथ्वी नारायणको शालिक अनावरण गरिने भएको छ ।

यता, हल्दिबारी गाउँपालिकामा समेत कार्यालय तथा मातहतका सबै वडा समितिको कार्यालय बिदा गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनु भयो ।

१५ वटा स्थानीय तह रहेको झापामा कचनकवल र हल्दिवारी गाउँपालिकाका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका हुन् ।