Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


पोखरामा किड्नी केयर सेन्टर निर्माण हुदै


0
Shares

पोखरा, माघ २६ । पोखरामा सुविधा सम्पन्न किड्नी केयर सेन्टर निर्माण सुरु भएको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आइतबार सेन्टरको भवन निर्माणको शिलान्यास गरे ।

सो अवसरमा मन्त्री गुरुङले मृगौला सम्वन्धी विरामीको उपचारका लागि बन्न लागेको सेन्टरको भवन, प्रविधि र सञ्चालनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

रोटरी क्लब अफ पोखरा लेकसाइडले पोखरा ७ मुस्ताङचोकमा कूल कुल ९ करोड ६५ लाखको लागतमा किड्नी सेन्टर निर्माण गर्न लागेको हो ।

पहिलो चरणमा १० वटा मेसिन राखेर सेवा सुरु गर्ने लक्ष राखिएको सेन्टरमा सुरुमा दुई करोड ७८ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

दोस्रो चरणमा ६ करोड ८७ लाखको लागतमा आधुनीक पक्कि भवन सहित थप २० वटा मेसिन जडान गरिने निर्माण समिति संयोजक राजेन्द्र लिगलले जानकारी दिए । डायलायसिस मेसिन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानले सहयोग गर्नेछ ।