 
	    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेष्टुरेन्ट सञ्चालनका लागि दिइएको ठेक्का प्रक्रिया नै गलत रहेको ठहर गरिएको छ ।
नारायणहिटी दरबार संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टको विषयमा छानबीन गर्न गठित समितिले बतास समूहलाई ठेक्का दिने प्रक्रिया नै गलत भएको निष्कर्ष निकालेको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा समिति गठन गरिएको थियो । सम्झौता बाहेक बतास समूहले १४ रोपनी जग्गा कब्जा गरेको खुलेको छ ।
बतासलाई ठेक्का दिंदा नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेष नारायण दाहालले मौखिक रुपमा सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । श्रोतका अनुसार पर्यटन सचिव अध्यक्ष रहेको नारायणहिटी विकास समितिले २०७७ सालमा त्यहाँको जग्गा र घरको मुल्य तोकेर बोलपत्र आब्हन गर्ने निर्णय गरेको थियो ।
यी बाहेक बतासलाई ३ वर्षको समयसीमा तोक्ने, बगैंचा बनाउन दिने, अरु जग्गा चाहिएमा पछि लिन सक्ने सम्झौतामा नदेखिएको जनाइएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्