Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


महानगरिय ट्राफिकले चोरी भएका २५ वटा मोटरसाईकल सम्वन्धित व्यक्तिलाई बुझायो


0
Shares

काठमाडौं, माघ २६ । महानगरिय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका मोटरसाईकल पक्राउ गरि सम्वन्धित सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

महानगरिय ट्राफिक प्रहरी कार्यालयले आइतबार विभिन्न स्थानबाट नियन्त्रणमा लिएको २५ वटा मोटरसाईकल सम्वन्धित व्यक्तिलाई वुझाएको हो ।

यी मोटरसाईक नम्बर प्लेट परिवर्तन गरि गलत नम्बर राखेर चलाइ रहेको अवस्थामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी महाशाखाले आइतबारनै पछिल्लो ६ महिनाको गतिविधि सम्वन्धी विवरण पनि सार्वजनीक गरेको छ ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित र चुस्त वनाउन प्रविधि मैत्री ट्राफिक व्यवस्थामा केन्द्रित भएको र पैदलयात्रीको सुरक्षा संगै दुर्घटना न्युनिकरणका लागि वशेष कार्यक्रम चलाइएको महाशाखाले जनाएको छ ।