
काठमाडौं । विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा अहिले नेपाल र ओमन भिडिरहेका छन् । टियू क्रिकेट मैदान किर्तीपूरमा जारी खेल जित्न नेपालले ओमनलाई २ सय ५० रनको चुनौती दिएको छ ।
खेलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनायो । नेपालको लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रन बनाउँदा पूर्वकप्तान पारस खड्काले ३८ रन जोडे ।
यसैगरी विनोद भण्डारीले ३५ रन तथा आरिफ शेखले २८ रनको योगदान दिए । बलिङतर्फ ओमनका अकिब इलीयासले ४ तथा मोहोमद नादिमले ३ विकेट लिए ।जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल र ओमनको यो दोस्रो भिडन्त हो ।
यसअघि पहिलो खेलमा ओमनले नेपाललाई १८ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा ओमनले अमेरिकालाई हराएको थियो भने नेपालले पनि अमेरिकामाथि जित निकालेको थियो ।
प्रतिक्रिया दिनुहोस्