३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


नेपाल र ओमनको खेल जारी: टस हारेको नेपाल व्याटिङ गर्दै


0
Shares

काठमाडौं । जारी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय क्रिकेट श्रृंखलामा आज नेपाल र ओमन भिडिरहेका छन् । टियू क्रिकेट मैदान किर्तीपूरमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिलो व्याटिङ गरिरहेको छ ।

श्रृंखलाको पहिलो खेलमा ओमनसँग १८ रनले पराजित भएको नेपाल आज उक्त हारको बदला लिने अभियानमा छ । जारी श्रृंखलामा ओमनले लगातार दुई खेल जितेको छ ।

नेपालले एक जित र एक हार वेहोरेको छ भने अमेरिका लगातार दुई खेलमा पराजित भएको छ । आजको खेल जितेको खण्डमा नेपालले श्रृंखलामा अग्रता लिने अवसर पाउनेछ ।

यसअघि हिजोको खेलमा अमेरिकालाई ३५ रनले हराउँदै नेपालले श्रृंखलामा अंकको खाता खोलेको हो ।