Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ संशोधन गर्न ‘अडान’को माग


0
Shares

काठमाडौं, माघ २५ । नेपाल अडिटर्स एसोसिएसन (अडान)ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ को संशोधन गर्नुपर्ने माग पुनः दोहोर्‍याएको छ ।

अडानको शुक्रबार र शनिबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले ऐन संशोधन गर्न वा परिवर्तित परिस्थतिमा ऐन नै नयाँ जारी गर्न जोडदार माग गरेको हो ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन २०५३ का दफा ३० मा दर्तावाला लेखापरीक्षकहरुलाई लेखापरीक्षक ऐन २०३१ बमोजिम पाइ आएका सुविधाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था छ । तर, यसविरुद्ध नियमावलीले ऐनको अधिकार कटौती गरेको भन्दै यस्ता प्रावधान तत्काल  खारेज गर्न अडानले सम्बद्ध निकायहरुसँग माग गरेको छ ।

बैठकले लेखापरीक्षण गर्ने कारोबारको सीमा फरक रहेकोप्रति पनि आपत्ति जनाउँदै यस्तो अवस्थामा बजारले पत्याएका सबैलाई बिनारोकटोक समान हुनेगरी सीमाविहीन लेखापरीक्षण गर्ने व्यवस्था गर्नुपर्नेलगायतका माग अडानले राखेको छ ।