काठमाडौं, माघ २५ । यो हप्ता सुनको मूल्य अस्थीरजसो रह्यो ।
आइतबार स्थानीय बजारमा छापावाल सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भएकोमा उतार–चढाव हुँदै शुक्रबार ७५ हजार ६ सय कायम भइ सातामा ९ सयले कमी आयो ।
आइतबार ७६ हजार ५ सयको हालसम्मकै उचाइमा पुगेको सुनको मूल्य सोमबार स्थीर रह्यो । मंगलबार र बुधबार केही ओरालो लागेको भाउमा अन्तिम दिन शुक्रबार पुनः सामान्य वृद्धि आइ ७५ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
चीनमा फैलिएको ‘कोरोनाभाइरस’को त्रासले अन्तर्राष्ट्रिय बजार र अर्थतन्त्रमा अस्थिरता देखिँदा मूल्य पनि अस्थीर हुन पुगेको महासंघले जनाएको छ ।
यस साता चाँदीको मूल्यमा पनि केही कमी आयो । आइतबार ८ सय ९५ मा कारोबार भएकोमा साताभर उतार–चढाव हुँदै शुक्रबार ८ सय ८५ मा कारोबार भएको महासंघले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्