Logo २५ पुस २०८२, शुक्रबार | Sat Jan 10 2026


संखुवासभाको किमाथांकामा सेनाले हेलिकोप्टरमार्फत् पुर्‍यायो खाद्यान्न


0
Shares

संखुवासभा, माघ २५ । संखुवासभाको भोटखोला गाउँपालिका–१,  किमाथांकामा नेपाली सेनाको हेलिकोप्टरबाट खाद्यान्नलगायतका दैनिक उपभोग्य समान लगिएको छ ।

चीनमा ‘कोरोनाभाइरस’का कारण नाका बन्द गरिएपछि सो क्षेत्रमा दैनिक उपभोग्य समाग्रीको अभाव भएकाले शनिबार सेनाको हेलिकोप्टरबाट चामल, नुन, तेल, चिनीलगायतका सामान लगिएको हो ।

यही माघ ५ गतेबाट नाका बन्द हुँदा खाद्यान्नको लागि चीनको चागा र देनदाङमा निर्भर रहँदै आएका किमाथांकावासी समस्यामा परेका थिए ।

तत्कालको संकट टार्न करिब चार हजार ३०० केजी दैनिक उपभोग्य सामग्री पुर्‍याएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए ।

आगामी दिनमा स्थानीय तहसँग समन्वय गरी गाडी र भरियामार्फत् खाद्यान्नलगायतका सामान पठाइने उनको भनाइ छ ।

उक्त सामग्री खरिद मूल्यमा बिक्री गर्नेगरी लगिएको हो ।

सो क्षेत्रमा प्रहरी, कर्मचारी तथा स्थानीय गरी ५५० जनाको बसोबास रहेको छ ।