२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


राष्ट्रियसभाको निर्वाचन एमालेका लागि प्रतिकूल : अध्यक्ष ओली


741
Shares

काठमाडौं, पुष २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनबाट एमालेका लागि प्रतिकूल परिणाम आउन सक्ने बताउनु भएको छ ।

पार्टीका ६१ वटा जिल्ला अधिवेशनको शुक्रबार राजधानीमा भर्चुअल उद्घाट्न गर्दै ओलीले राष्ट्रियसभाको परिणाम प्रतिकूल आउन सक्ने बताउनुभयो । हिजोको जनमतको दुरुपयोग भईरहको भन्दै उहाँले यो नै एमाले माथिको अन्तिम प्रहार भएको जिकीर पनि गर्नुभयो । एमालेको जनमतबाट निर्वाचित भएकाहरुले प्रतिक्रियावादीसँग साँठगाँठ गरेर कम्युनिष्ट आन्दोलन सिध्याउन लागि परेको भन्दै ओलीले एमाले ५१ बाट ४९ मा झर्ने अवस्था बन्नसक्ने बताउनुभयो ।

यसअघि एमाले केन्द्रीय कार्यालयको वार रुमबाट ओलीले देशभरका जिल्ला अधिवेशनहरुको संयुक्त रुपमा उद्घाट्न गर्नुभएको थियो । अध्यक्ष ओलीले भर्चुअल उद्घाट्न गरेपछि विभिन्न जिल्लामा अधिवेशन शुरु भएको छ । अध्यक्ष ओली भने काभ्रेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्न बनेपा जानु भएको छ । हिमाली जिल्लालगायत केही जिल्लामा भने अधिवेशन पछि हुने एमाले महासचिव शंकर पोखरेलले बताउनु भएको छ ।