Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


सेयरबजारमा सामान्य गिरावट


0
Shares

काठमाडौं, माघ २३ । साताको अन्तिम दिन बिहीबार सेयरबजारमा सामान्य गिरावट आयो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से ९ अंक बराबरले झरेर १३ सय ३३ मा आएर थामियो ।

पछिल्लो समय सुधारोन्मुख बजारमा सामान्य गिरावटलाई ‘करेक्सन’ भएको विश्लेषण गरिएको छ ।

यसदिन जीवनबिमा र उत्पादनमूलकबाहेक कारोबार भएका सबै समूहमा गिरावट आयो । निर्जीवन बिमा समूहमा सबैभन्दा उच्च ८८ अंकको कमी आयो । होटल, लघुवित्त र विकास बैंक समूह पनि दोहोरो अंकले ऋणात्मक रहे । जीवनबिमा समूहमा भने २३ अंकको सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १७५ कम्पनीको २८ लाख बराबर कित्ता सेयर एक अर्ब बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।