सत्यराज आचार्य गायन रियालिटी शो को निर्णायक बन्दै « Image Khabar


सत्यराज आचार्य गायन रियालिटी शो को निर्णायक बन्दै


3.978k
Shares

काठमाडौं । गायक तथा संगीतकार सत्यराज आचार्य गायन रियालिटी शोको निर्णायकको भूमिका देखिने भएका छन् ।

ईमेज च्यानलबाट प्रसारण हुन लागेको गायन रियालिटी शो ‘नेपाल सिङ्गिङ्ग सुपरस्टार’को निर्णायकको भूमिकामा आचार्य देखिन लागेका हुन् ।

दूई दशक भन्दा लामो समय संगीत क्षेत्रमा बिताएका उनले थुप्रै अवार्डहरू जितेका छन् । गायक र संगीतकार मात्र नभइ सत्यराजको अर्को परिचय हो अभियन र निर्देशन ।

आचार्यले आजसम्म थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । हालसालै उनले ‘सिन्को नभाँची जवान भयो’ बोलको गीतमा स्वर भरेका छन् भने त्यसको म्युजिक भिडियो निर्देशन पनि गरेका छन् ।

साढे सात नामक चलचित्रमा उनको मूख्य भूमिका छ ।

प्रस्तुत छ उनीसँग गरिएको कुराकानी :