
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत नेपालमा जारी त्रिदेशीय श्रृंखलामा अहिले अमेरिका र ओमान भिडिरहेका छन् ।
टियू मैदान किर्तीपुरमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि अमेरिकाले पहिले व्याटिङ गरिरहेको छ । आजको भिडन्त शिर्ष स्थानमा रहेका दुबै टोलीको लागि निकै महत्वपूर्ण रहेको छ ।
विश्वकप क्रिकेट लिग दुई मा सहभागि सात देशमध्ये अमेरिका शीर्ष स्थानमा छ । उसले आठ खेलबाट १२ अंक बनाएको छ । सात खेलबाट १० अंक जोडेको ओमान दोस्रो स्थानमा छ ।
त्रिकोणातमक श्रृंखलाको पहिलो खेलमा ओमानले हिजो नेपाललाई १८ रनले हराएको थियो ।
प्रतिक्रिया दिनुहोस्