३ श्रावण २०८२, शनिबार | Sun Jul 20 2025


ए डिभिजन लिग: आज मछिन्द्र र सरस्वती, आर्मी र एपीएफ खेल्ने


0
Shares

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि एघारौं चरणका खेलहरु सुरु हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा आज हुने पहिलो खेलमा मछिन्द्र क्लब र सरस्वती युवा क्लब भिड्नेछन् ।

मच्छिन्द्र यो खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिन चाहन्छ । उता सरस्वती क्लब पनि खेल जित्दैै रेलिगेशनबाट बच्ने अभियानमा हुनेछ । आजै सातदोवाटोमा हुने दोस्रो खेलमा त्रिभूवन आर्मी क्लब र एपीएफ क्लब भिड्नेछन् ।

शिर्ष स्थानमा रहेको आर्मी क्लबलाई उपाधि होड थप बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ । बराबरी वा पराजित भएको अवस्थामा उसलाई मच्छिन्द्र क्लबले उछिन्न सक्छ ।

आर्मी विरुद्धको खेलमा एपिएफ पनि दबाबमा हुनेछ । पाँच अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफ रेलिगेशनको खतरामा रहेको छ ।