Logo १६ पुस २०८२, बुधबार | Wed Dec 31 2025


नवीकरणीय ऊर्जामा दातृनिकायको सहयोग विस्तार


0
Shares

काठमाडौं, माघ २२ । नेपालमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई प्रवर्द्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जामाथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापित वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले देशका आधाभन्दा बढी घरधुरीमा पहुँच विस्तार गरेको छ ।

नेपाल सरकार र विभिन्न दातृनिकायहरुसँगको प्रभावकारी समन्वय र सहयोगमा सञ्चालित कार्यक्रमहरुबाट गत पुस मसान्तसम्म ३४ लाख तीन हजार ४४५ घरधुरीमा लघु तथा साना जलविद्युत्, सौर्यऊर्जा, वायुऊर्जा, बायोग्यास र सुधारिएको चुलो प्रविधि पुगेको केन्द्रले जनाएको छ ।

केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले आफूले केन्द्रको नेतृत्व सम्हालेको एक वर्षको अवधिमा नेपाल मिनिग्रीड कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार र विश्व बैंकबीच ५६ लाख १० हजार अमेरिकी डलर बराबरको अनुदान सम्झौता र २० लाख अमेरिकी डलर बराबरको ऋण सम्झौता सम्पन्न भइ कार्यक्रम कार्यान्वयन भइरहेको जानकारी दिए ।