Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न पहल गर्छु : मन्त्री आले


156
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा दुःख लागेको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गराउन पहल गर्ने बताउनुभयो ।

उहाँले त्यसका लागि आवश्यक तयारी गरेर आउन प्रतिष्ठानलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोशाक नेपालीको राष्ट्रिय गौरव भएको बताउनुभयो । उहाँले राष्ट्रिय पोशाकको सन्दर्भले जातीय पोशाकलाई कमजोर नबनाउने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाली भाषा, संस्कृति र पोशाकको प्रवर्द्धनमा योगदान पु¥याएकाहरुलाई सम्मान गरिएको थियो ।