काठमाडौं, माघ २२ । स्थानीय बजारमा आज सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ७५ हजार २ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सय रुपैयाँमा झरेको छ ।
आइतबार र सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला ५ सयले घटेर ७६ हजार र तेजाबी सुनको मूल्य ७५ हजार ७ सय रुपैयाँ पुगेको थियो ।
यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ सयले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला ८ सय ७५ तोकेको छ । रासस




प्रतिक्रिया दिनुहोस्