
काठमाडौं । साउदी अरेवियाले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै क्यानडासँग सबै किसिमका व्यापार र लगानीसम्बन्धी कारोबार रोक्का गरेको छ ।
क्यानाडाका राजदूतलाई २४ घण्टाभित्र देश छाड्न आदेश दिइएको र आफ्ना राजदूतलाई क्यानडाबाट फिर्ता बोलाउने निर्णयसमेत गरिएको छ ।
साउदी अरेबियामा विभिन्न मानवअधिकारकर्मी पक्राउ परेकामा क्यानडाले गम्भीर चिन्ता व्यक्त गरेपछि दुई मुलुकको सम्बन्ध चिसिएको हो ।
क्यानडाको प्रतिक्रियालाई आफ्नो मुलुकमाथि आक्रमणको रुपमा लिइएको साउदी विदेश मन्त्रालयले जनाएको छ ।
पक्राउ पर्नेमा साउदी मुलका अमेरिकी महिला अधिकारकर्मी समार बादवी पनि छन् ।
बादवीले साउदी अरबियामा पुरुष राजकुमारहरूको दबदबा अन्त्य हुनुपर्ने माग गरेकी थिइन् ।
युवराज मोहमद बिन सलमानको नेतृत्वमा सुधारात्मक कदम चालिरहेको साउदी अरेबियाको पछिल्लो कदमलाई लिएर धेरैले आश्चर्यको रुपमा हेरेका छन् ।
साउदी अरेबियाको पछिल्लो कदमका विषयमा क्यानाडाले भने कुनै प्रतिक्रिया जनाएको छैन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्