Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


कप्तान पारस खड्का भन्छन्ः अब एसिया कप हाम्रो लागि ठूलो अवसर हो (भिडियो)


0
Shares

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले समग्रमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहेकाले अन्तर्राष्ट्रिय क्रिकेटका आगामी प्रतियोगिता तथा शृङ्खलाहरुका लागि उत्साहित बनाएको बताएका छन् ।

ऐतिहासिक सफलता हासिल गर्दै राष्ट्रिय क्रिकेट टोली सोमबार स्वदेश फर्किने क्रममा कप्तान खड्काले आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले एसिया कप हाम्रोलागि राम्रो अवसर भएको बताए ।

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली टोली सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद परिषद्का सदस्यसचिव केशव कुमार बिष्टलगायतले स्वागत गरेका थिए ।

गत चैतमा पहिलो पटक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेको थियो ।

दुई खेलको शृङ्खलामा नेदरल्याण्ड्सको मैदानमा नेपालले १-१ को बराबरी गरेको हो ।

पहिलो खेलमा ५५ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा एक रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो ।