काठमाडौं, माघ २१ । मंगलबार सेयरबजार ऋणात्मक रह्यो ।
उतार–चढावबीच बजार परिसूचक नेप्से १२ अंकले ओरालो लागेर १३ सय ३७ मा आइ थामियो ।
पछिल्ला दिन दोहोरो अंकले उकालो लाग्दै आएको बजारमा केही ‘करेक्सन’ भएको विश्लेषण गरिएको छ ।
यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से पनि ओरालो लागेको हो ।
सबैभन्दा उच्च जीवनबिमा समूह ७६ अंकले ओर्लिंदा होटल समूहमा ७४ अंकको गिरावट आयो ।
यसदिन लघुवित्त, वाणिज्य बैंक, उत्पादनमूलक र जलविद्युत् समूह दोहोरो अंकले ओर्लिए ।
यसदिन निर्जीवन बिमा समूह सबैभन्दा उच्च २८ अंकले उकालो लाग्यो ।
यसदिन १७६ कम्पनीका ४९ लाख ४९ हजार कित्ता सेयर एक अर्ब ५७ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्