मुस्ताङ । हिमालपारीको जिल्ला मुस्ताङमा लामो समयदेखि भइरहेको विद्युत् आपूर्ति समस्या समाधान गर्न प्रदेश सांसदहरुले सक्रियता देखाएका छन् ।
विद्युत्को समस्या समाधान नहुँदा जनआक्रोस बढ्न थालेपछि प्रदेश सांसदहरु महेन्द्रबहादुर थकाली र चन्द्रमोहन गौचनले विद्युत्सँग सरोकार राख्ने निकायलाई प्रशासनमा बोलाएर विभिन्न उपायको खोजी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तातोपानी विद्युत् बितरण केन्द्रका ईन्जिनियर राजेन्द्र लालदेव र थापाखोला हाईड्रोपावरका आयोजना प्रमुख अनिल श्रेष्ठलाई पनि उपस्थित गराई विद्युत् आपूर्तिमा देखिएका समस्या र त्यसलाई समाधान गर्ने अल्पकालीन तथा दीर्घकालिन उपायका बारेमा छलफल भएको प्रमुख जिल्ला अधिकारी शिशिर पौडलले जानकारी दिए ।
भेलाले थापाखोला हाईड्रो र तातोपानी वितरणकेन्द्रको आपसी समन्वयमा फिल्ड कर्मचारी थप्ने र विद्युत् प्राधिकरण तातोपानी वितरण केन्द्रदेखि मुस्ताङसम्मको विद्युत् प्रशारण लाइनको नियमित मर्मत गर्नेलगायतका ८ बुँदे निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्