Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


अधिकार खल्तीमा राखेर नहिँड्न मन्त्रीहरुलाई मुख्यमन्त्रीको निर्देशन


0
Shares

जनकपुर, माघ २१ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आफूले प्राप्त गरेको अधिकार खल्तीमा राखेर नहिँड्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मंगलबार प्रदेशसभाको दोस्रो वार्षिकोत्सव समारोहलाई जनकपुरमा सम्बोधन गर्दै उनले मन्त्रीहरुले लिखित अख्तियारी नभइ मौखिक अख्तियारीको भरमा काम गराइरहेको पाइएकाले यस्तो कामले प्रदेशको भलो नहुने बताए ।

समारोहमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले संघीय सरकारसँग सहकार्य गरेर अघि बढ्न चाहे पनि तर सबै अधिकार आफ्नै जिम्मा राखेर थिचोमिचो गरिएको आरोप लगाए ।

समारोहमा प्रमुख दलका नेताहरुले आफ्नो धारणा राखेका थिए ।