Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो, विमानस्थलमा भब्य स्वागत


0
Shares

काठमाडौं । ऐतिहासिक सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।

पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली टोली आज(सोमबार) बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो ।

राष्ट्रिय क्रिकेट टोलीलाई खेलकुद परिषद्का सदस्यसचिव केशव बिष्टलगायतले टोलीको स्वागत गरे ।

स्वदेश फर्किएपछि राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले समग्रमा नेपाली टोलीको प्रदर्शन सन्तोषजनक रहे पनि अझै धेरै मेहनत गर्नुपर्ने बताए ।

नेपाली टोली बिमानस्थल आइपुग्दा काम विशेषले विमानस्थल पुगेका नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि खेलाडीहरुलाई बधाइ दिए ।

गत चैतमा पहिलो पटक चार वर्षका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने मान्यता पाएको नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेलेको थियो ।

दुई खेलको शृङ्खलामा नेदरल्याण्ड्सको मैदानमा नेपालले १-१ को बराबरी गरेको हो ।

पहिलो खेलमा ५५ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा एक रनको सनसनीपूर्ण जित दर्ता गरेको थियो ।