५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


‘डीपीएल’ यो वर्ष नहुने


0
Shares

कैलाली, माघ २१ । यस वर्ष धनगढी प्रिमियर लिग (डीपीएल) नहुने भएको छ ।

धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी खेलाडीको व्यस्तताका कारण लिग गर्न नसक्ने जनाएको हो ।

यसअघि, आउँदो फागुन ३ देखि १५ गतेसम्म लिग गर्ने घोषणा गरेको थियो ।

अब लिगको चौथो संस्करण २०७७ कात्तिक ७ देखि २१ गतेसम्म हुने एकेडेमीका अध्यक्ष सुवासले शाहीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।